WRITER Karna Gurung & Poems
कर्ण गुरुङ नेब्रास्का, अमेरिका

मानव ! जन्मँदा तिम्रो नाम थिएन ! जन्मँदा तिम्रो थर थिएन ! जन्मँदा तिम्रो जात थिएन ! जन्मँदा तिम्रो धर्म थिएन ! थियौ त एक विसुद्ध मानव ! थियौ त एक विसुद्ध मानव !
तिम्रो नाम अरूले राखिदियो ! तिम्रो थर अरूले नै बनाइदियो ! तिम्रो जात अरूले नै भनिदियो ! तिम्रो धर्म यो हो भनी लादिदियो ! निमुखा नाबालक, तिमीलाई के थाहा ! निमुखा नाबालक, तिमीलाई के थाहा !
बढ्दै गयौ – स्विकार्दै गयौ ! जे भन्यो, त्यो मान्दै गयौ ! … अरुले नै बनाइदिएको परिचयमा बढ्यौ ! अरूले नै दिएको अस्तित्वमा हुर्क्यौ ! अरुले नै बनाइदिएको परिचयमा बढ्यौ ! अरूले नै दिएको अस्तित्वमा हुर्क्यौ ! त्यसैलाई सत्य मानी, के-के के-के गर्यौ ! त्यसैलाई सत्य मानी, के-के के-के गर्यौ ! लोभ, घमण्ड, रिस, अहङ्कार, अनेक गर्यौ सत्यलाई न झाकी तिमीले धेरै कुराहरू गर्यौ ! ल भन त, ल भन त, अब तिमी मलाई ! अब तिमी मलाई! मरे पछि तिमीले के नै लान्छौ ?
यहाँ,… मरे पछि, तिम्रो आफ्नै सरिरमा त तिम्रो अधिकारमा हुँदैन भने ! जीवनभरि लगाएर कमाएको धन, सम्पत्ति, प्रगति त्याग्नु पर्छ भने ! आफ्नो अति प्रिय श्रीमती, बुवा- आमा, नानीहरूसमेत छोडेर जानु पर्छ भने जाबो तिमी निर्बल प्राणी जाबो तिमी निर्बल प्राणी किन घमण्ड गर्छौ ? तिमी किन लोभ गर्छौ ?
मरी जाने चोला यो, मरी जाने चोला यो, किन रिस गर्छौ ? अरूले नै दिएको कुरामा, तिमी किन लड्छौ ? जात, धर्म, रङ्ग र सम्प्रदायको नाममा किन मर्छौ ? जात, धर्म, रङ्ग र सम्प्रदायको नाममा किन मर्छौ ? सुन्दर यो जीवनलाई व्यर्थै विवादमा किन पर्छौ ? तिम्रो त्यो मनलाई किन अशान्त पार्छौ ? बरु सक्छौ भने, बरु सक्छौ भने, आफ्नै पहिचान बनाऊ ! बरु सक्छौ भने आफ्नै परिचय बनाऊ ! सक्छौ भने विभेदहरूबाट उठी हेर ! सक्छौ भने विभेदहरूबाट उठी हेर ! सक्छौ भने विभाजित सोच त्यागी एकीकृत सोच बनाऊ ! सभ्य समाजको निर्माण गर्नु छ ! सभ्य समाजको निर्माण गर्नु छ ! सुख शान्ति समृद्धिको बाटो बनाऊ ! आफू बच्ने समाजमा अरूलाई पनि बचाउ! सक्छौ भने, भेदभाव र असमानता हटाई खुलेर बाचौँ !
सक्छौ भने, आफ्नै नाम र काममा रमाऊ ! तब आफूले आफू बन्नेछौ ! तब तिमी, तिमी बन्ने छौ अनि म को हु भनी, गर्व गर्न सक्नेछौ !
Read Karna's Poem at http://bhutaneseliterature.com/writer/karna-gurung