Tamu Tola Lhosar Wishes by GBLO Pesident Karna Gurung
Updated: Nov 8

जिबीएलओ का अध्यक्ष कर्ण गुरुङले नेपाली मौलिक संस्कृति रपरम्पराहरुमध्ये तमु (गुरुङ) समुदायले हरेक वर्ष पुष १५ गते मनाउनेल्होसारचाडलाई हार्दिक मंगलमय र उत्तरोत्तर प्रगतिको शुभकामनाव्यक्त गर्नु भएको छ ।
गुरुङ (तमु) समुदायमा नयाँ वर्ग सुरु हुने दिनलाई नयाँ वर्षका रूपमाधुमधामले मनाउने चलन छ । तमु भाषामा ‘ल्हो’ को अर्थ वर्गर‘सार÷छार’ को अर्थ फेरिनु हो ।
१२ चक्रीय वर्गका आधारमा गाई वर्ग को बिदाई र बाघ वर्ग कोस्वागत गर्दै विश्वभर छरिएर रहेका तमु समुदायले यस पटक २६०६औंल्होसारमनाउँदै छन् ।
विविध र अथाहा संस्कृतिका धनी हामी नेपाली जनका लागि हरेकजाति समुदाय, भाषा, संस्कृति र परम्पराको सम्वद्र्धन, प्रवद्र्धन रविकास नै वास्तवमा नेपालीपनको रक्षा, नेपालप्रतिको माया, सम्मान र अटल विश्वास समेत रहेकोमा अध्यक्ष कर्ण गुरुङले आफ्नोशुभकामना मार्फत ब्यक्त गर्नु भएको छ ।
२६०६औं तमु ल्होसारको पावन एवम् सुखद् अवसरमा संसारभर छरिएर रहनुभएका तमाम गुरुङ (तमु) समुदायलगायत आम नेपालीआमा–बुबा, दिदी–बहिनी, दाजु–भाइहरुमा विश्व भुटानी साहित्यिक संगठन (जिबीएलओ)को तर्फबाट हार्दिक मंगलमय र उत्तरोत्तरप्रगतिकोशुभकामना व्यक्त गर्नु भएको छ।
त्यसैगरि तमु ल्होसारले विश्वभर छरिएर रहेका हामी समस्त नेपाली माझ आपसी सद्भाव, हार्दिकता, सहिष्णुता र एकता कायम गर्नसकोस्भनी विश्व भुटानी साहित्यिक संगठन (जिबीएलओ)को तर्फबाट हार्दिक मंगलमय र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्नुभएको छ ।
अर्जुन प्रधान
