लाचार जिन्दगी
एक दिन
एउटा आउँछ
लोपार्छ !
अनि जान्छ।
अर्को दिन
अर्को आउँछ
लोपार्छ !
अनि फेरि जान्छ।
तेश्रो दिन
फेरि अर्कै आउँछ
लोपार्छ !
पिँध फर्काएर जान्छ।
आफ्नो होस् या पराई होस्
आउने , लोपार्ने, र जाने
यो लहर निरन्तर चलिरहेछ
कहिले औँसीको दिन
कहिले पूर्णिमाको दिन
कहिले काही त
पात्रोमा बार पनि नहेरी
बिहान् उठ्न साथ
कचेरा नपुछी कन
कुकुरले 'आची' नखाई
आउँछ-लोपार्छ अनि जान्छ।
म केही बोल्न सक्दिनँ
केही गर्न पनि सक्दिनँ
लाचार म
रुन पनि सक्दिनँ
न रिसाउनै सक्छु
हाँस्न त त्यस्तै हो
म को हुँ ?
भन्न सक्दिनँ
भक्त्त हुँ भनुँ
भक्ति गर्दिनँ ।
मैले बिर्सेको "म" को हुँ ?
त्यो पनि भन्न सक्दिन।
अनिर्णयको बन्दी म
मलाई
एक दिन
एउटा आउँछ
लोपार्छ !
अनि जान्छ।
अर्को दिन
अर्को आउछ
लोपार्छ।!
अनि फेरि जान्छ।
घडी घुमे जस्तै
लाचार जिन्दगीमा
यो क्रम निरन्तर ... निरन्तर चलिरहेछ ।
